२०७९ श्रावण २९ , आइतवार

नेपाल एसबिआई बैंकको २८औँ वार्षिक साधारणसभा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं – नेपाल एसबिआई बैंक लि.का शेयरधनीहरुको २८औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भयो । उक्त सभाले बैंकको आ.व. २०७७/७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब र सोही अवधीको नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरण सँग सम्बन्धित अनुसूचीहरु समेत)पारित ग¥यो ।

 

सभाले बैंकका शेयरधनीहरुलाई चुक्तापूँजीमा५.३१प्रतिशतका दरले लाभांश (३.५०%बोनश शेयर र १.८१%नगदलाभांश)वितरण गर्ने प्रस्ताव समेतपारित गरेको छ । उक्त साधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ । साधारण सभाले बैंकको सहायक कम्पनी“नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७७/७८ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

 

उक्त साधारण सभाले आ.व. २०७८/७९मा बैंकको लेखापरीक्षण गर्नका लागिमेशर्सएस.ए.आर. एसोसियट्स्, चार्टर्ड एकाउण्टेन्ट् लाई लेखा परीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा÷नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथावित्तीय संस्थाहरु गाभ्ने÷गाभिने (मर्जर) वाप्राप्ती (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथावित्तीय संस्थाहरु गाभ्ने गाभिने (मर्जर) वाप्राप्ती (एक्विजिसन) गर्ने÷गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न÷गराउन सक्ने अख्तियारी सञ्चालक समिति लाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।