२०७९ श्रावण २५ , बुधवार

सानिमा बैंक अब धादिङ्गको मलेखुमा

सुनाखरी न्युज/ काठमाडौं – सानिमा बैंक लिमिटेडले धादिङ्गको मलेखुमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका संचालक बलराम पराजुली र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गर्नुभयो ।

 

समुद्घाटन् समारोहमा मह जोडीले धादिङ्गको मलेखुमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी सानिमा बैंकका संचालक बलराम पराजुलीद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्नुभयो ।

सानिमा बैंकको देशका सातै प्रदेशमा ११९ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।