२०७९ श्रावण ३० , सोमवार

साशकहरुले नेपालका युवाहरुलाइ नोकरका रुपमा जीवन गुजार्न बाध्य वनाए : राप्रपा पुर्व अध्यक्ष डा.लोहनी

सुनाखरी न्युज/ काठमाडौं – राष्ट्रीय प्रजातन्त्र पार्टी प्रदेश नं २ को प्रदेश स्तरीय आमसभा आज सम्पन्न भएको छ।

प्रमुख अतिथि केन्द्रीय अध्यक्ष मा.राजेन्द्र लिङदेल तथा राप्रपा पुर्व अध्यक्ष डा.प्रकाशचन्द लोहनी को उपस्थितिमा सम्पन्न सभामा राप्रपा पुर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले वर्तमान साशकहरुले नेपालका उद्योग,कृषि लाई नास गरेर नेपालका युवाहरुलाइ नोकरका रुपमा जीवन गुजार्न बाध्य वनाएका छन । आफू र आफ्ना आसेपासे मोटाउने सिवाय केही काम नगरेको वताएका छन।

 

कार्यक्रम लाई सम्बोधन गर्दै डा.लोहनीले अहिलेका राजनीतिक दलहरुको मुलधार नै भ्रष्टाचार भएको र यसको निकासको निमित्त राप्रपा सशक्त ढंगले नया नेतृत्व सहित उपस्थिति भएको वताउदै राप्रपाको प्रतिको देशव्यापी जनसमर्थनले अन्य दलहरु तिलमिलाइरहेको वताउनु भयो। राजसंस्था सहितको हिन्दराष्ट्र राप्रपाको स्पस्ट मार्गचित्र रहेको वताउदै आगामी दिनमा राप्रपा आफ्नो मुलमुद्दा स्थापनार्थ शसक्त ढंगले आउने वताउनु भयो।