२०७९ श्रावण २७ , शुक्रवार

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा देशभर ३९३ कोरोना संक्रमित थपिए, २६३ जनासंक्रमण मुक्त, ३ को मृत्यु

सुनाखरी न्युज/ काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३९३ जना कोरोना संक्रमित थपिएका छन् ।

 

नौ हजार ३२९ जनाको स्वाब नमुनाको परीक्षण गर्दा ३९३ जनामा नतिजा पोजिटिभ आएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मुलुकभर ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ ।

 

उक्त अवधिमा २६३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल नेपालमा कोरोना संक्रमणका सक्रिय संक्रमितको संख्या पाँच हजार ९४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।