२०७९ श्रावण २३ , सोमवार

धादिङ थाक्रेमा स्कोर्पियो दुर्घटना, सेनाले गर्‍यो उद्धार

सुनाखरी न्युज/ धादिङ – धादिङको थाक्रे गाउँपालिकामा स्कोर्पियो दुर्घटनाग्रस्त भएको छ ।

 

पृथ्वी राजमार्गमा पर्ने गाउँपालिकाको आठकिलो भन्ने स्थानमा भएको दुर्घटनामा चार जनाको नेपाली सेनाले उद्धार गरेको छ । स्कोर्पियो जीप बाटोबाट तल खसी दुर्घटना भएको हो । तनहुँबाट काठमाडौं जाँदै गरेको नं. ३ बाहिनी अड्डाको फौजले स्कोर्पियो दुर्घटनास्थलबाट ४ जनाको उद्धार गरेको थियो ।