२०७९ भदौ १ , बुधवार

भक्तपुरमा सहकारी संस्थाबाट नगद चोरी

सुनाखरी न्युज/ भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका-८ गणेश मन्दिर नजिकै रहेको अमिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ९ लाख २९ हजार ३ सय ३१ रुपैयाँ आइतबार राति चोरी भएको छ ।

 

दराजमा राखेको उक्त नगद चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।