२०७९ श्रावण २३ , सोमवार

अध्यक्षमा निर्वाचित प्रचण्डलाई अमेरिकाको बधाई

सुनाखरी न्युज/ काठमाडौं – नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवशेनबाट अध्यक्षमा पुनः निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिकाले बधाई दिएको छ। काठमाडौंस्थित अमेरिकी दुतावासले मंगलबार ट्विटमार्फत प्रचण्डलाई बधाई दिएको हो।

 

ट्विटमा भनिएको छ, ‘बधाई छ पुष्पकमल दाहाललाई नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा पुनः निर्वाचित हुनका लागि। अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिवद्ध छ।’अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध भएको समेत उल्लेख गरेको छ।