२०७९ श्रावण २४ , मंगलबार

सूर्यालाइफ इन्स्योरेन्स कम्पनीको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं – सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको छ । साभारणसभाको अध्यक्षता कम्पनीका संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गर्नुभएको थियो ।

 

सभाले चुक्तापूँजीको १२.७० प्रतिशतबोनस शेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी१३.३६८४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्तापूजी बृद्धि भई रु.२,५५,०२,८२,१००।– कायमहुनेछ । सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयर संरचना परिवर्तन गर्ने प्रस्तावपारित गर्नुका साथै संचालक समितिमा संस्थापक शेयरधनी समुह“क”बाट प्रतिनिधित्व गर्ने ४ जना संचालक र सर्वसाधारण शेयरधनी समूह“ख”बाट प्रतिनिधित्वगर्ने २ जना संचालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ ।

 

संस्थापक शेयरधनी समुह“क” बाट केशव प्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल तथा विवेक झा निर्वाचित हुनु भएको छ भने सर्वसाधारण शेयरधनी समूह“ख” बाट कृति टिवडेवाल तथा बीरेन्द्र बाबु श्रेष्ठ निर्वाचित हुनु भएको छ । उहाँहरु निर्विरोध निर्वाचित हुनु भएको हो । कम्पनीले चालु आ.व. २०७८/७९ को मंसिर मसान्तसम्म देशभरिकाआफ्ना १३५ शाखा सञ्जालमा रहेका ४९,७१७ अभिकर्ताहरु मार्फत १२२९७० बीमालेख बाट रु.२,०१,८५,७१,३१८ बीमा शुल्कआर्जन गर्नुका साथै कुलदावी भुक्तानी रु.२९,१८,६७,३१० गरेको जनाएको छ ।