२०७९ श्रावण २२ , आइतवार

अधुरा कामहरु पुरागर्न पुन: एकपटक आफू नुवाकोट वाट निर्वाचन लडने :डा.प्रकाशचन्द्र लोहनी

सुनाखरी न्युज/ नुवाकोट – राप्रपा ककनि गाउपालिका वडा नं ५ को वडा कार्यालय आज स्थापना भएको छ। राप्रपा पुर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको वडा कार्यसमितिका अध्यक्ष शंकर लामाले सभापतित्व गर्नु भएको थियो।

 

कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि डा.लोहनीले अहिले का राजनीतिक दलहरुको मुलधार नै भ्रष्टाचार भएको र यसको निकासको निमित्त राप्रपा ससक्त ढंगले नया नेतृत्व सहित उपस्थिति भएको वताउदै राप्रपाको प्रतिको देशव्यापी जनसमर्थनले अन्य दलहरु तिलमिलाइरहेको वताउनु भयो। राजसंस्था सहितको हिन्दराष्ट्र राप्रपाको स्पस्ट मार्गचित्र रहेको वताउदै आगामी दिनमा राप्रपा आफ्नो मुलमुद्दा स्थापनार्थ शसक्त ढंगले आउने वताउनु भयो।नुवाकोटको समग्र विकासमा राप्रपाको उल्लेख्य योगदान रहेको चर्चा गर्दै विकासका अधुरा कामहरु पुरागर्न पुन एकपटक आफू नुवाकोट वाट निर्वाचन लडने समेत सो समारोहमा उहाले वताउनु भयो।

 

सभालाई केन्द्रीय सदस्य भरतप्रसाद पाठक,जनकराज पाठक,अष्टमाया लामा,गंगामाया तामाङ,वाग्मती प्रदेश प्रवक्ता विष्णुप्रसाद सापकोटा,वरिष्ठ जिल्ला उपाध्यक्ष विमल थापा,उपाध्यक्ष कान्छा लामा,जिल्ला अध्यक्ष कुल वा.खडगि,क्षेत्रीय अध्यक्ष तेज लामा,पुर्व केन्द्रीय सदस्य सुन्दर पान्डे,ककनि पालिका अध्यक्ष लाल वाहादुर लामा लगायतका नेताहरुले सम्बोधन गरेका थिए। विदुर नगर अध्यक्ष प्रकाश जोशी,नुवाकोट क्षेत्र नं २ का अध्यक्ष दिपेस लामा,जिल्ला कार्यसमितिमा सदस्यहरु,क्षेत्रीय कार्यसमिति का सदस्यहरु,लगायतका नेताहरुले कार्यक्रम लाई शुभकामना दिएका थिए । कार्यक्रममा ख्यतिप्राप्त कलाकारहरुले वेजोड संगितिक प्रदर्शनी समेत गरेका थिए।