२०७९ भदौ १ , बुधवार

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा देशभर ३२६ जना कोरोना संक्रमित थपिए, २५५ जना निको, २ को मृत्यु

सुनाखरी न्युज/ काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३२६ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १२ हजार ४९८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ९ हजार ७०० जनाको पिसिआर परीक्षण र २ हजार ७९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। त्यस्तै, २५५ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।उक्त अवधिमा कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ५ पुगेको छ।

 

यस्तै काठमाडौं उपत्यकामा १८४ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १४०, भक्तपुरमा १६ र ललितपुरमा २८ गरी १८४ जना थपिएका हुन्।