२०७९ मंसिर १४ , बुधवार

भारतमा ५०० प्रतिशतले कोरोना संक्रमितको संख्या वृद्धि

सुनाखरी न्युज/ काठमाडौं – भारतको मध्यप्रदेशमा कोरोना अनियन्त्रित भइसकेको छ । नयाँ संक्रमितको वृद्धिमा खतरनाक गतिले तेस्रो लहरको संकेत दिएको छ ।

 

राज्यमा पछिल्लो २४ घण्टामा २२१ संक्रमित भेटिएका छन् जबकी एक हप्ताअघि ४२ जना ओमिक्रोन संक्रमित भेटिएका थिए । यसको अर्थ यो हो कि ७ दिनभित्र नयाँ संक्रमितको संख्यामा ५०० प्रतिशतको वृद्धि भएको छ । दोस्रो लहरपछि यो सबैभन्दा ठूलो वृद्धि हो । यदि यही गती रह्यो भने १० जनवरीदेखि हरेक दिन प्रदेशमा एक हजारभन्दा बढी केस आउने अनुमान गरिएको छ । यहाँको सरकारले केही थप प्रतिबन्ध लगाउनेबारे विचार गर्न सक्छ ।

 

यसको सुरुवात हटस्पट बनेको इन्दौरबाट हुनसक्छ । यति सात दिनमा भेटिएका संक्रमितलाई केलाउने हो भने अघिल्लो हप्ता प्रदेशमा कोरोनाका ७५२ संक्रमित भेटिएका थिए । यो जूनपछि सबैभन्दा धेरै संक्रमित थिए । त्यसको पनि अघिल्लो हप्ता (२१–२७ डिसेम्बर) मा २३६ संक्रमित भेटिएका थिए । एक हप्तामा प्रदेशमा तीन गुणाभन्दा बढी वृद्धि भएको छ । यो गतिले संक्रमित बढ्ने हो भने सबैभन्दा खराब स्थिति इन्दौर भोपालको रहनेछ । इन्दौरमा ७ दिनपछि ४ सयभन्दा बढी केस आउनेछ ।

 

यहाँ २४ घण्टामा सयभन्दा बढी संक्रमित भेटिएका छन् । सक्रिय संक्रमितको संख्या पनि ५ दिनमा पाँच गुणा नै बढेको छ । प्रदेशका ५७ प्रतिशत केस यहाँ नै छन् । आइतबारसम्म यो संख्या ४३८ सम्म पुग्यो । भोपालमा २४ घण्टामा ५४ संक्रमित भेटिएका छन्, यहाँ सक्रिय संक्रमित १३९ पुगेको छ ।    एजेन्सी