२०७९ श्रावण २३ , सोमवार

विश्वकै होची महिलाको ३३ वर्षको उमेरमा निधन

सुनाखरी न्युज/ काठमाडौं – गिनीज बुक अफ वल्र्ड एक यस्तो किताब हो जसमा विश्वभरीका यस्ता मानिसको नाम दर्ता हुन्छ, जुन सबैभन्दा पृथक हुन्छन् ।

 

कसैले आफ्नो क्षमताले त कसैको आफ्नो शारीरिक विशेषताले यो पुस्तकमा आफ्नो नाम लेखाउन सफल भएका छन् । यो किताबमा उनै मानिसको नाम समावेश हुन्छ जुन सामान्य मानिस भन्दा फरक हुन्छन् । यस्तै महिलामध्येकी एक थिइन् एलिफ कोकामन । जसले सानो शरीरका कारण विश्वमा आफ्नो पहिचान बनाएकी थिइन् । यद्यपि यी महिला हाल भने हामीमाझ छैनन् । एलिफाको ३३ वर्षको उमेरमा निधन भएको छ । विश्वकै होची महिलाको रुपमा एलिफाको नाम एक वर्षसम्म गिनिज बुक अफ वर्ल्स रेकर्डमा दर्ता भयो ।

 

 

एलिफाको निधन गत बिहिबार निमोनियाका कारण भएको विभिन्न समाचारमा उल्लेख छ । टर्कीको दक्षिणपूर्वी ओस्मानिए प्रान्तस्थित अस्पतालमा दुई दिनसम्म निमोनिया सँग जुधेपछि उनको निधन भएको हो । एलिफा उस्मानिया टर्कीको कादिरली शहरमा बस्थिन् । उनी ७२.२ सेन्टिमिटर अर्थात् दुई फुट पाँच इन्चकी थिइन् । उनको उचाइकै कारण उनको नाम विश्व रेकर्डमा दर्ता हुन सकेको हो । उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएपछि उनले भनेकी थिइन्, ‘संसारले एकदिन मलाई पक्कै पनि चिन्नेछ भन्ने कुरामा म सधैँ आशावादी थिएँ ।’ संसारकै होची एलिफाले एकपटक संसारकै अग्ला व्यक्तिसँग भेट्न इच्छा व्यक्त गरेकी थिइन् ।

 

उनको यो सपना पनि निकै छिटो पूरा भयो । गिनिज बुक अफ वर्ल्ड रेकर्डको एउटा कार्यक्रममा एलिफाले संसारका सबैभन्दा अग्ला व्यक्ति सुल्ताना कोसेनलाई भेट्ने मौका पाइन् । उनको उचाइ २४६.५ सेमी छ । एलिफाले आफ्नो उचाइका कारण कहिल्यै पनि लज्जित महसुस नगरेको बताउँथिन् । उनलाई आफूमा गर्व थियो । एकपटक उनले भनेकी थिइन्, ‘मलाई भगवानले बनाएका हुन् । म जस्तो छु यसमा मलाई गर्व छ ।’ एलिफाकी आमा हटनले उनीबारे जानकारी दिँदै भनेकी थिइन्, ‘एलिफा एक वर्षको हुञ्जेलसम्म सबैकुरा सामान्य थियो ।

 

त्यसपछि समस्या बढ्न थाल्यो किनभने एलिफा अन्य बच्चासरह बढिरहेकी थिइनन् ।  ’चार वर्षको उमेरसम्म उनको उचाइ बढ्न लगभग रोकिइसकेको थियो । थुप्रै डाक्टरमार्फत् उपचार गराए पनि उनको स्थितिमा सुधार भएन । एलिफापछि सन् २०११ मा यो उपाधि अमेरिकाका ब्रिजेट जोर्डनले आफ्नो नाममा पारे । जोर्डको उचाई ६९ सेन्टिमिटर थियो । उनको सन् २०१९ जस्नमा नै मृत्यु भयो ।   एजेन्सी