२०७९ श्रावण २८ , शनिवार

ओपोद्वारा ६ एनएम अत्याधुनिक ईमेजिङ एनपीयू मारिसिलिकन एक्सको अनावरण

सुनाखरी न्युज/ काठमाडौं – ओपोले ओपो ईन्नो डे २०२१ मार्फत आफ्नो पहिलो स्व–डिजाइन्ड अत्याधुनिक ईमेजिङ एनपीयू–मारिसिलिकन सार्वजनिक गरेको छ ।

 

६ एनएम प्रोशेस प्रविधि मार्फत निर्मित मारिसिलिकन एक्सले अत्याधुनिक एनपीयू, आईएसपी र मल्टि–टायर मेमोरी आर्किटेक्चरको समिकरण गरी अद्वितीय उर्जा बचतका साथै उत्कृष्ट कार्य दक्षता प्रदर्शित गर्दै रियल–टाइम आरएडब्ल्यू प्रशोधनका साथै उत्कृष्ट लाईभ प्रिभ्यू सहित फोरके एआई नाइट भिडियो कैद गर्न सघाउँछ ।

 

मारिसिलिकन एक्स
“ईमेज प्रविधिको सिमाना थप फराकिलो पार्दै अघि बढ्ने ओपोको एक दशक भन्दा लामो अनुभवले क्यामेरा मोड्युल्स, लेन्स र अल्गोरिदमका क्षेत्रमा ओपोलाई उद्योगकै केही ठूला नवप्रबर्तनको प्रबर्तकका रुपमा उभ्याएको छ”, ओपोका वरिष्ठ निर्देशक जियांग बिओले भने, “हाम्रो नयाँ अत्याधुनिक ईमेजिङ एनपीयू हाम्रालागि अहिले सम्मकै ठूलो सफलता मध्य एक हो । यसले मोबाइल ईमेजिङ प्रणालीलाई थप शक्ति प्रदान गर्दै उपभोक्तालाई अद्वितीय अनुभव प्रदान गर्नेछ ।” ६ एनएम प्रोशेस प्रविधि मार्फत निर्मित मारिसिलिकन एक्सले अत्याधुनिक एनपीयू, आईएसपी र मल्टि–टायर मेमोरी आर्किटेक्चरको समिकरण

 

दुबै विश्वको उत्कृष्ट : उच्च गतिको समिकरण उच्च कार्य सम्पादनका साथ
मारिसिलिकन एक्सको एनपीयूले १८ ट्रिलियन प्रति सेकेन्ड (टीओपीएस), हाम्रो एआई अल्गोरिदमका लागि आवश्यक कम्प्यूटिङ शक्ति भन्दा अधिक उत्सर्जन गर्ने क्षमता बोकेको छ । यसमा रहेको ११.६ टीओपीएस प्रति वाट शक्ति क्षमताका कारण एनपीयूले ब्याट्रिको अधिक खपत विनानै उच्च स्तरिय कार्य प्रदर्शित गर्ने क्षमता बोक्छ । एनपीयूमा अत्याधुनिक डेडिकेटेड टेरा–बीपीएस मेमोरीको सह प्रणालीपनि समाहित छ । यसले मारिसिलिकन एक्सलाई सञ्चय क्षमतामा कुनै ह्रास बिना नै एनपीयूको कम्प्यूटिङ क्षमताको पूर्ण उपयोग गर्ने शक्ति प्रदान गर्छ । फलतः स्टोरेज र प्रोशेसिंग एकाइका विच डाटा आदान प्रदान गर्नका लागि लाग्ने समयमा ब्यापक कटौती हुन्छ ।

 

मारिसिलिकन एक्स मा ८.५ जीबी÷एसको अतिरिक्त ब्याण्डविथ सहितको डेडिकेटेड डीडीआर जडान गरिएको छ । यसको मल्टिटायर मेमोरी आर्किटेक्चरले ढिला सुस्तीमा ब्यापक कटौती गर्दै आवश्यक दोहोरो रिड साइकलका कारण हुने उर्जा खपतमा न्यूनिकरणपनि ल्याउँछ । ओपोको एआई न्वाइज रिडक्शन अल्गोरिदमको प्रयोग गर्दा मारिसिलिकन एक्सले ओपो फाइन्ड एक्सथ्री प्रोका तुलनामा २० गुणा उच्च गतिमा कार्य सम्पादन गर्छ । मारिसिलिकन एक्सले हरेक फ्रेममा तत्सम् कठिन सुधार उपलब्ध गराउँदै फोरके नाइट भिडियो खिच्ने क्षमता राख्छ ।

 

अल्ट्रा एचडीआरका लागि शक्तिशाली आईएसपी
मारिसिलिकन एक्समा शक्तिशाली आईएसपी उपलब्ध गरिएको छ । यसले गर्दा २० बिट १२० डीबी डायनामिक रेन्जका तस्विर कैद गर्न सकिन्छ । यो भनेको फाइन्ड एक्सथ्रीका तुलनामा ४ गुणा बढी हो । यसले तस्विरमा सर्वाधिक उज्यालो र अध्यारो क्षेत्रको कन्ट्रास्ट रेसियो १०००००० : १ प्रदान गर्दै जीवन्त दृष्य कैद गर्न सघाउँछ ।

 

रियल टाइम आरएडब्ल्यू प्रशोधन
यसको उच्च डाटा क्षमता र बृहत्त कम्प्यूटिङ शक्तिका कारण मारिसिलिकन एक्सलाई ईमेजिङ पाइपलाइनमा क्रान्तिकारी परिमार्जन ल्याउँदै आरएडब्ल्यू डोमेनको पिक्सेल लेभलमा रियल टाइम फोरके एआई प्रशोधन र २० बिट एचडीआर फ्युजन प्रत्यक्ष सम्पादन गर्ने शक्ति प्रदान गर्छ । वास्तविक ईमेज डाटा प्रशोधन गर्दै मारिसिलिकन एक्सले तस्विरका लागि ८डीबी सिग्नल–टू–न्वोइज रेसियो प्राप्त गर्ने क्षमता बोक्छ । यसले कम्प्यूटेशनल फोटोग्राफीका लागि नयाँ जगतनै उजागर गरिदिएको छ ।

 

आरजीबीडबल्यू प्रो मोड मार्फत प्रो फरफरमेन्स
डुअल ईमेज पाइपलाइन डिजाइन र डबल रअ सुपर स्याम्प्लिङको उपयोगद्वारा मारिसिलिकन एक्सले ओपोको आरजीबीडब्ल्यू सेन्सरको पूर्ण क्षमता उजागर गर्छ । आरजीबी र ह्वाइट सिग्नलको एकिकरण र छुटाईको समर्थन गर्दै यसले ८.६डीबीको सुदृढ सिग्नल टू न्वोइज रेसियो र टेक्स्चरको गुणस्तरमा १.७एक्सको सुधारका साथ फोटो तथा भिडियो दुबैमा जीवन्तता प्रदान गर्छ ।

 

फोरके एआई नाइट भिडियोमा उल्लेखनिय विकास
एक समर्पित ईमेजिङ एनपीयूका रुपमा मारिसिलिकन एक्सले कम्प्यूटेशनल फोटोग्राफीमा नयाँ यूगको थालनी गरेको छ । कार्य दक्षता र सम्पादन क्षमता दुबैमा ब्यापक विकासका साथ यसले स्पष्ट तथा गुणस्तरिय भिडियोहरुका लागि एआई न्वोइज रिडक्शन अल्गोरिदमको शक्ति उजागर गरेको छ । यसमा रहेको डायनामिक रेञ्ज र सुदृढ कलर रिप्रडक्शनका कारण भिडियोका हरेक फ्रेम तस्विरकै तुलनामा स्पष्ट र सटिक हुन्छन् । एण्ड्रोइड फोन्समा फोरके एआई एचडीआर नाइट भिडियो सम्भव भएको यो नै पहिलो पटक हो ।

 

मारिसिलिकन एक्सले स्मार्टफोनका लागि सर्वाधिक शक्तिशाली ईमेजिङ अनुभव ल्याएको छ

मारिसिलिकन एक्सले आफ्नो ब्यवसायिक डेब्यू सन् २०२२को पहिलो त्रैमासमा फाइन्ड एक्स सिरिज मार्फत गर्नेछ । यसैका साथ स्मार्टफोन प्रयोगकर्ताहरुका लागि शक्तिशाली ईमेजिङ अनुभवको थालनी हुने कम्पनीले जानकारी दिएको छ । मारिसिलिकन एक्सले आफ्नो ब्यवसायिक डेब्यू सन् २०२२को पहिलो त्रैमासमा फाइन्ड एक्स सिरिज मार्फत गर्नेछ ।