२०७९ श्रावण २५ , बुधवार

रियलमी ‘सी’ सिरीज अन्तरगत सी २५ वाई स्मार्टफोन अब नेपालमा

सुनाखरी न्युज/ काठमाडौं – विश्वको सबैभन्दा छिटो अघि बढीरहेको स्मार्टफोन ब्रान्ड रियलमीले ५० एमपी ए–आई त्रिपल क्यामेरा सिस्टम सहितको रियलमी सी २५ वाई नेपालमा उपलब्ध गराएको छ । इन्ट्री–लेभल स्मार्टफोनमा पहिलो रोजाइ यस रियलमी सी२५ वाई मा १८ वाट क्वीक चार्ज सपोर्ट गर्ने ५००० एमएएच् मेगा ब्याट्री, इन्स्टान्ट फीङ्गरप्रिन्ट सेन्सर भएको शक्तिशाली Unisoc T610 प्रोसेसर र सुन्दर डिजाइनको ६.५ इन्चको ठूलो डिस्प्ले रहेको छ ।

 

५० एमपी एआई त्रिपल क्यामेरा साथ लिनुहोस् जीवन्त तस्विरहरु :-

रियलमी सी२५ वाई मा ५० एमपी त्रिपल क्यामेरा सिस्टमका साथै माक्रो लेन्स र बी एण्ड डब्लु लेन्स रहेको छ । रियलमी सी सिरीज मा ५० एमपी मोड रहेको पहिलो स्मार्टफोन ले सुन्दर फोटो खिच्छ र प्रयोगकर्ताहरुलाई ८१६०*६१४४ सम्मको पिक्सेल फोटो निकाल्ने सुविधा प्रदान गर्दछ ।

यसका साथै, क्यामेरा विभागले विभिन्न फिल्टरहरु उपलब्ध गराउँदै ए–आई ब्यूटी मोड फङ्सन, एच्.डी. आर मोड, प्यानारोमिक भ्यु मोड, प्रोट्रेट मोड, टाइमल्याप्स पङ्सन, एक्सपर्ट मोड पनि सपोर्ट गर्दछ । यसैगरी, रियलमी सी२५ वाईमा आकर्षक र चित्तबुझ्दो सेल्फी खिच्न ए–ब्युटी फङ्सन भएको ८ एमपी सेल्फी क्यामेरा पनि रहेको छ ।

५००० एमएएच् मेगा ब्याट्री र १८ वाट क्विक चार्जले लामो समयसम्म चलाउन दिन्छ ग्यारेन्टी

रियलमी को आफ्नो ब्याट्री लाइफमा रहेको विशेषतालाई अझ सुदृढ भएको छ जसमा रियलमी सी२५ वाई मा भएको ५००० एमएएच् ब्याट्री स्ट्यान्डबाइ मोडमा राख्दा फोनको ब्याट्री ४८ दिनसम्म टिक्न सक्छ । सुपर पावर सेभिङ मोड चलाइरहँदा पनि प्रयोगकर्ताहरुले फोनको आधारभूत उपयोगिताहरुको प्रयोग गरी सधैं पावर्ड र कनेक्टेड रहन सक्नुहुनेछ ।

 

यसबाहेक, रियलमी सी२५ वाईले केही डिस्प्ले इफेक्टहरु घटाएर स्मार्टफोनको सहनशीलता बढाउन स्क्रीन ब्याट्री अप्टिमाइजेसन र प्रयोगकर्ता सुतिरहेको बेला फोनलाई लोअर मोडमा चलाउन निर्देशन दिएर पावरको बचत गर्न स्लिप स्ट्यान्डबाइ अप्टिमाइजेसन को सुविधा पनि उपलब्ध गराउँछ ।

शक्तिशाली Unisoc T610 प्रोसेसरले रमाइलो गेमिङ अनुभव प्रदान गर्छ

रियलमी सी२५ वाई लाई अक्टा–कोर 12nm Unisoc T610 प्रोसेसरले सञ्चालन गर्छ जुन २.० गेगाहर्ज सम्म चल्दछ । साथै, २.० गेगाहर्ज सम्म चल्ने two Arm Cortex-A75 / six Arm Cortex-A55 समावेश छ । ८५० मेगाहर्ज गति भएको ARM Mali G52 GPU ले ग्राफिक्सलाई ह्यान्डल गर्छ ।

यस खण्डका प्रतिस्पर्धी उत्पादनहरुको तुलनामा उत्कृष्ट प्रदर्शन गर्ने Unisoc T610 प्रोसेसरले सहज गेमिङको अनुभव दिलाउँछ । झनै नयाँ रियलमी मा दुईवटा नानो–सिम कार्डहरु राख्न मिल्छ र २५६ जीबी सम्मको अतिरिक्त स्टोरेजका लागि माइक्रो एसडी कार्ड सलट पनि उपलब्ध गराएको छ । यसले थप स्पेस उपलब्ध गराउँदछ र गेम, फोटो र फाइलहरु स्टोर गराउने सुविधा पनि प्रदान गर्दछ ।

 

अल्ट्रा–फास्ट फिंगरप्रिन्ट अनलकिङ भएको ६.५” को ठूलो डिस्प्ले

स्क्रीन टु बडी दर ८८.७% सम्म पुग्न रियलमी सी२५ वाई को १६.५ सेमि÷६.५ इन्च डिस्प्ले realme को क्लासिक मिनी–ड्रप डिजाइन फूलस्कृन नै हो जसले प्रयोगकर्ताहरुलाई इर्मसिभ वाचिङ्ग को अनुभव प्रदान गर्दछ । अल्ट्रा–फास्ट फीङ्गगरप्रिन्ट अनलकिङ्ग र फेसियल रिकगनिसन रसहित आउने नयाँ रियलमीले प्रयोगकर्ताहरुको गोपनियता र सुविधाको संरक्षण गर्दछ ।

सुन्दरताको हिसाबमा रियलमी सी २५ वाई ले पहिलो पटक लाइन एसेथेटिक डिजाइन अपनाएको छ जसले विशेष डिजाइनको कल्पना गर्दै”line” र “surface” को सुन्दर व्यवस्था प्रस्तुत गर्दछ । रियलमी सी२५ वाई ग्लेसियर ब्लू र मेटल ग्रे रंगमा उपलब्ध छ । रियलमी सी२५ वाइले नेपालमा ४ जीबी ¥याम र १२८ जीबी ¥याम स्टोरेज भेरिएन्टको मूल्य रु. २०,४४९/- तोकेको छ । पौष १५ २०७८ देखि सर्वत्र बजारमा उपलब्ध रियलमी सी२५ वाई स्मार्टफोन दराजमा पौष १८ २०७८ देखि बिक्री भइरहेको छ ।

रियलमीको बारेमा

रियलमी एक विश्वव्यापी उदयमान उपभोक्ता प्राविधिक कम्पनी हो जसले अत्याधुनिक प्रविधिहरु सुलभ बनाएर स्मार्टफोन र AIoT बजारमा आफ्नो उपस्थिति जनाइरहेको छ । यसले युवाहरुलाई किफायती मूल्यमा स्मार्टफोन र प्रिमीयम स्पेक्स, क्वालिटी र ट्रेन्डसेडिङ्ग डिजाइन सहितको लाइफस्टाइल टेक्नोलोजी डिभाइसहरु उपलब्ध गराउँदछ ।

 

२०१८ मा “Dare to Leap” को नारा सहित ‘स्काइ ली’ ले स्थापना गर्नुभएका रियलमीे विश्वको सातौँ ठूलो स्मार्टफोन कम्पनी हो । २०२१ को दोस्रो क्वाटर सम्ममा रियलमीले विश्वको ६१ वटा बजारमा आफ्नो उपस्थिति जनाइसकेको छ । चीन, दक्षिणपूर्वी एसिया, युरोप, रुस, अष्ट्रेलिया, मध्य पूर्व, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्रहरुमा १० करोड भन्दा बढी रियलमी को प्रयोगकर्ता छन् । थप जानकारीको लागि कृपया www.realme.com मा हेर्नुहोस् ।