२०७९ भदौ १ , बुधवार

कविता

प्रेम चौलागाई/ अमेरिका –

ऐठन

मेरो देशको माटोमा
फूलेको गुँरासले
कहिल्यै भिसा मागेन

पखेटा लागे पनि
डाँफेले कहिल्यै हिमाल छोडेन
तर म भने
दूतावासले झ्यालबाट
छिराई दिएको भिसा लिएर
मुङ्गलान मा
त्यही गुँरास र डाँफे
सम्झेर दिन काट्छु ।

हिमालको सिराने नभएर होला
ननिदाई रात काट्‌छु ।
मलाई मात्रै हो की
तिमीलाई पनि यस्तै ऐठन हुन्छ प्रिये !!