२०७९ श्रावण २३ , सोमवार

ग्लोबल आइएमई बैंक १६ औँ वर्षमा प्रवेश

सुनाखरी न्युज/ काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेड आइतबार देखि आफ्नो स्थापनाको १६ औँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीहरु लाई सम्मान गरेको छ ।

 

काठमाडौंको एभेष्ट होटेलमा आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई १५ वर्षे कोशेढुङ्गा पार गरेकोमा सम्मान गर्नुभएको छ । यसका साथै अध्यक्ष ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरुलाई सम्मान गर्नु भएको हो । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकले उत्कृष्ट बैंकिङ्ग सबैका लागि भन्ने नाराका साथ आफ्नो स्थापनाको १५ वर्षमा १८ वटा बैंक तथावित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशन मार्फत आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताउनु भएको छ । प्रमुखकार्यकारी अधिकृत रत्नराजबज्राचार्य बैंकले आफ्नो सेवालाई ग्राहक मैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समय सापेक्ष सेवादिनेगरी आफ्नो लक्ष्यनिर्धारण गरेर बैंक अगाडि बढेको बताउनुभयो ।

 

हाल बैंकको ३३.७५ अर्ब रुपैयाँ शेयरधनीकोष, २७४ अर्ब रुपैयाँ निक्षेप संकलन र २६९ अर्ब रुपैयाँकर्जा लगानी रहेको छ । त्यस्तै, बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २६३ शाखा रहित बैंकिङ्ग सेवा, २५२ एटीएम, ४८ एक्स्टेन्सन काउन्टर र तीनवटा वैदेशिक सम्पर्क कार्यालय मार्फत उत्कृष्ट बैंकिङ्ग सेवाप्रदानगर्दै आएको छ । बैंकमा ३,२०० भन्दा बढी कर्मचारी तथा २७ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले आफ्नो स्थापनाको १५औँ वर्षको अवसरमा मुलुकका सात वटै प्रदेशमा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । यस क्रममा बैंकले निःशुल्क स्वास्थ्यशिविरहरु, रक्तदान कार्यक्रम, छात्रवृत्ति वितरण तथा बैंकको अन्तर विभागीय खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो । ग्लोबल बैंक २०६३ साल पुस १८ गते क्षेत्रीय स्तरको वाणिज्य बैंकको रुपमा स्थापना भएको थियो ।