२०७९ श्रावण ३० , सोमवार

नेपाली कांग्रेसको इतिहास र बर्तमान अनि १४ महाधिवेशनमा मेरो अनुभव 

किरण गिरी – मेरो आफ्नै पार्टी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत म आफू सक्रिय रहेको वडा , पालिका , प्रदेश ख , क्षेत्र , जिल्ला , प्रदेश र केन्द्रीय महाधिवेशनमा मेरो आफ्नो अनुभव र अनुभुती को यथार्थ संशलेषण गर्दा ” नागार्जुनको स्विजरल्याण्डपार्क देखी काठमाडौं को भृकुटीमण्डप ” सम्म मैले जे भोगे , मैले जे देखे , मैले जे ब्यहोरें अनि सामना गरे । त्यो मेरो लागि राजनीति शास्त्र मा विश्व बिद्यालय अध्ययन भन्दा कम रहेन ।

 

यो सबै घटना क्रम , परिवेश र आयाम हरु लाई मैले अत्यन्तै गहनता का साथ हृदयंगम गरेको छु । यसले मलाई नेपाली कांग्रेसको संगठनमा अगाडि बढ्न सहजता मिल्नुका साथै ठूलो योगदान पुर्‍याउने समेतको महसुस मैले गरेको छु । म राजनीतिमा प्रष्ट बक्ता र सदा सकारात्मक एबं रचनात्मक स्वाभाव को ब्यक्ति हुनुको कारण नेपाली कांग्रेसको -१४ महाधिवेशन मेरो लागी एउटा खुल्ला बिश्व बिद्यालय भएको छ । यसबाट मैले धेरैले ठूलो रणनीतिक र ब्याबहारिक शिक्षा , ज्ञान र सीप हासिल गर्ने मौका पाए । मैले सोचेको कांग्रेस , मैले देखेको कांग्रेस , मैले भोगेको कांग्रेस र भोलिका दिनमा मैले समेटेर अगाडि बढ्नु पर्ने कांग्रेस संगठन का बारेमा म अत्यन्तै जानकार र साकार हुने सुबर्ण अबसर मैले प्राप्त गरेको छु । मलाई नयाँ जोश , जांगर र उर्जा मिलेको छ ।

 

 

नेपाली कांग्रेस लाई हरेक मोर्चामा सफल पार्दै अगाडि लैजानु अब मेरो पनि दाइत्व र जिम्मेवारी हुने छ । समय , परिस्थिति , भाग्य अनि भगवानले साथ दिए अझै डेढ दशक म नेपाली कांग्रेसको संगठन र राजनीतिमा सशक्त र प्रभावकारी रुपमा सक्रिय रहने प्रण गर्दछु ।
यस क्रममा सबैतहका अधिबेशन हरुमा मेरो सहकार्यलाइ साथ , सहयोग र समर्थन गर्नुहुने अधिबेशन प्रतिनिधि ज्यु हरुलाइ हार्दिक आभार प्रकट गर्दछु । मेरो बिमतीमा उभिएर मलाई आफ्नो परिचय , सन्देश र शिक्षा दिनुहुने सबै मित्रहरू मा समेत जय नेपाल को न्यानो अबिबादन सहित धन्यवाद ग्यापन गर्दछु । अब भोलीको तिनैतहको निर्बाचनमा अभुतपुर्ब एकताका साथ चुनावी मोर्चामा सक्रिय रहन सबै नेपाली कांग्रेसका क्रियाशील सदस्य साथीहरू मा हार्दिक आह्वान गर्दछु । कांग्रेसी हामी रहौला कहाँ , कांग्रेस नै नरहे । समृद्धि अब आउला र कहाँ ” 🌳रुख 🌳” मा भोट नहाले ।

 

बर्तमानमा नेपाली कांग्रेस :-
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान निर्माणमा नेतृत्वदायी भुमिका निभाएको र सुशील कोइरालाको अभिभावकत्वमा ३ असोज ,२०७२ मा रास्ट्रपति डा. रामबरण यादव द्वारा संबिधान घोषणा गर्ने पार्टी हो , नेपाली कांग्रेस । आजा पार्टी सभापति एबं प्रधानमन्त्री शेर बहादुर देउवा को सालिनता , उदारता र सबैलाई समेटेर अगाडि बढ्न सक्ने लचिलो दृष्टिकोण तथा क्षमताका कारण ९ लाख क्रियाशील सदस्यहरुको आफ्नो पार्टी भएको छ , नेपाली कांग्रेस ।

 

पुर्ण समावेशी , समानुपातिक ढंगले लोकतान्त्रिक विधि र प्रक्रिया अबलम्बन गर्दै नेपाली कांग्रेस आफ्नो १४ सप्पन्न गरि सभापति शेरबहादुर देउवा को नेतृत्वमा नयाँ र युबापुस्ता समेटिएको केन्द्रीय कार्यसमिति निर्माण गरेको पार्टी हो , नेपाली कांग्रेस।

नेपाली कांग्रेसको स्थापना र इतिहास :-
नेपालमा ‘राष्ट्रियताको संरक्षण र संवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद’ स्थापना गर्ने सिङ्गो आन्दोलनको अर्को नाम ‘नेपाली कांग्रेस’ हो।
वर्तमान सन्दर्भमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप संघीय गणतन्त्रात्म राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनैतिक तथा आर्थिक विकाश गर्ने उद्देश्य बोकेको, नेपाली जनताको अगाद श्रद्धा र सम्मान पाएको यो नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो।

जननायक वी.पी. कोइरालाले २ अक्टुवर १९४६ मा पटनाबाट प्रकाशित हुने “द र्सच लाईट” पत्रिका मार्फत भारतमा रहेका नेपालीहरूलाई सँगठित गर्ने उद्देश्यले नेपालीहरूको सँगठन निर्माणका निम्ति गरेको आहृवानबाट नेपाली कांग्रेसको जन्मको प्रारम्भ भएको हो।
भारतीय स्वतन्त्रता सँग्राम समेतका योद्धा वी.पी. कोइरालाको सक्रियतामा कार्तिक १५, २००३ -३१ अक्टुवर, १९४६) मा बनारसमा बस्ने नेपालीहरूलाई सँगठित गरी देविप्रसाद सापकोटाको सभापतित्वमा नेपाली राष्ट्रिय काँग्रेस नामक संस्थाको बनारसमा स्थापना भयो।
लेखक – नेपाली कांग्रेसका पुर्ब केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।