२०७९ श्रावण २८ , शनिवार

दीक्षा केसीले जितीन वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि

सुनाखरी न्युज/ काठमाडौं – सीएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सोधेको ‘उपाधि जिते तपाईंले कुन सामाजिक मुद्दालाई अगाडि ल्याउनुहुनेछ ?’भन्ने निर्णायक प्रश्नको सटिक जवाफ दिँदै दीक्षा केसी वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि चुम्न सफल भएकी छन् ।

 

वाइवाइ मिसेस नेपाल वर्ल्डको उपाधि चुमेवापत दीक्षाले सन् २०२२ मा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने छिन् । यसै वर्षदेखि वाइवाइ मिसेस नेपाल वर्ल्डको विजेतालाई मिसेस वर्ल्डमा सहभागी गराउने गरी फ्रेन्चाइजी मिलाइएकाले सो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको पहिलो सहभागिता हुने आयोजक संस्थाका रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले जानकारी गराए ।