२०७९ श्रावण २७ , शुक्रवार

नयाँ वर्ष २०२२ को अवसर पारी स्मार्टले ल्यायो ‘न्यू इयर डबल अफर’ डेटा प्याक

सुनाखरी न्युज/ काठमाडौं – दूरसञ्चार सेवाप्रदायक स्मार्टसेलले नयाँ वर्ष २०२२ को अवसर पारी ‘न्यू इयर डबल अफर’ल्याएको छ ।

 

यसअन्तर्गत ग्राहकले पुरानै शुल्कमा दोब्बर डेटा पाउनेछन् । ‘महिनाभरी, डेटा भारी प्याक’,‘डेली २०० एमबी प्याक’वा‘ग्रेटेस्ट जीबी प्लान’अन्तर्गत यो डबल अफर सञ्चालन गरिएको हो । यसअन्तर्गत १५ सय रूपैयाँ (भ्याटसहित) मा प्रयोगकर्ताले चार महिनाका लागि १८० जीबी डेटा पाउनसक्ने छन् । त्यस्तै, ९८० रूपैयाँमा ६० दिनका लागि ९० जीबी डेटा, ५५५ रूपैयाँमा ३० दिनका लागि ५० जीबी डेटा र ४२५ रूपैयाँमा ३० दिनका लागि ३० जीबी डेटा प्राप्त गर्न सकिनेछ ।

 

त्यस्तै १६५ रूपैयाँमा १५ दिनका लागि १० जीबी डेटा र ९८ रूपैयाँमा सात दिन ६ जीबी डेटा पाउन सकिनेछ । यो अफरअन्तर्गत ३५ रूपैयाँमा एक दिनका लागि २ जीबी डेटा पाउन सकिन्छ । त्यस्तै ५९५ रूपैयाँमा ३० दिनका लागि हरेक दिन १२० जीबी डेटा पाउन सकिनेछ ।