२०७९ श्रावण ३० , सोमवार

केन्द्रीय सदस्यको लागी देउवाले गरे प्रदीप पौडेलसहित तीन जना मनोनीत

सुनाखरी न्युज/ काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलसहित तीन जना नेतालाई सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका छन्।

 

साथै कर्णालीका मुख्यमन्त्रीसमेत रहेका जीवनबहादुर शाही पनि केन्द्रीय सदस्य मनोनीत भएका छन्। यस्तै कल्याणकुमार गुरूङलाई पनि देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका छन्। सभापति शेरबहादुर देउवाले शनिबार रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए।