२०७९ श्रावण २९ , आइतवार

आगोले जलेर मृत्यु

सुनाखरी न्युज/ काठमाडौं – काठमाडौं महानगरपालिका-२८ घट्टेकुलो बस्ने ८९ वर्षीया नन्द कुमारी बस्नेतको आगोले जलेर शनिबार राति मृत्यु भएको छ ।

 

आफ्नै घरमा आगो ताप्ने क्रममा पुस १५ गते दिँउसो बस्नेतले लगाएको कपडामा आगो सल्किएर गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पताल कीर्तिपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।