२०७९ श्रावण २७ , शुक्रवार

आजदेखि काठमाडौंका यी अस्पतालबाट दिइँदै छ कोभिड–१९ विरुद्धको फाइजर खोप

सुनाखरी न्युज/ काठमाडौं – काठमाडौंका दुईवटा अस्पतालबाट आजदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै छ ।

 

 

वीर अस्पताल र छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतलबाट यो उमेर समूहका बालबालिकालाई फाइजर खोपको दोस्रो डोज दिन लागिएको हो । स्वास्थ्य कार्यालय अनुसार दोस्रो डोज लगाउन बाँकी रहेकालाई दिएर खोप बाँकी रहेमा यही उमेरका अरू बालबालिकालाई पहिलो डोज पनि दिइनेछ । खोप लगाउन बिहान १० देखि दिउँसो ३ बजेसम्म रहेको छ ।