२०७९ श्रावण २९ , आइतवार

त्रिविमा एमबीएका लागि भर्ना खुल्यो

सुनाखरी न्युज/ काठमाडौं – त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले एमबीए (मास्टर्स ईन बिजनेश एडमिनिस्ट्रेसन) विषयका लागि भर्ना खुलाएको छ ।

 

स्नातक तहमा न्यूनतम २.० सीजीपीए वा ४५ प्रतिशत ल्याएका विद्यार्थीले यो शैक्षिक कार्यक्रमका लागि आवेदन दिन सक्नेछन् । विद्यार्थीले आउँदो जनवरी ३१ तारिखसम्म एमबीएका लागि आवेदन दिन सक्ने जनाइएको छ ।