सुनाखरी न्युज/ काठमाडौं – नेपाली सेनाले दुई सय २९ जना अधिकृत क्याडेटका लागि आवेदन माग गरेको छ । आइतबार नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले अधिकृत क्याडेटमा भर्नाका लागि दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको छ ।
यसमा खुलाबाट १२० जना, आदिवासी जनजातीबाट ३३ जना, मधेशीबाट २९ जना, महिलाबाट २१ जना, दलितबाट १५ जना, सैनिक सन्ततिबाट ६ जना र पिछडिएको क्षेत्रबाट ५ जना माग गरिएको छ । सेनाले माघ २४ गतेसम्म दरखास्त बुझाउने समय दिएको छ ।