२०७९ श्रावण २३ , सोमवार

टोपी दिबस, तपाइँ ले फोटो राख्नु भो ?

सुनाखरी न्युज/ काठमाडौं – अंग्रेजी नयाँ वर्ष २०२२ को पहिलो दिन र ‘नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

 

मूलतः टोपी पुरुष को पहिरन हो तर आजका दिन नारी ले पनि टोपी मा सुन्दरता पोखिरहेको देख्न सकिन्छ । जङ्गबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ ।नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् ।

 

आज कै दिन नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् । यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ भने मेरो टोपी कैलाश को शिर जस्तो भन्ने गित ले पनि चर्चा बटुल्न सफल भएको छ ।

सुन्दरता र शालिनता को प्रतीक टोपी ले नेपाली को स्वाभिमान र गौरबता बिस्वसामु छर्न सफल बनोस् , जय टोपी दिबस ।