सुनाखरी न्युज/ काठमाडौं – नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बीपी)लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनको सम्झनामा हरेक पुस १६ गतेलाई ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा देशै भर बिभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।
यसैक्रम मा बेल्कोटगढी दश मा रहेको निरञ्जना भगवतिको मन्दिर मा भेला भएर बेलकोटगढी काङ्रेस कार्यसमिती ले पनि लोकतान्त्रिक आन्दोलनमा बीपी कोइरालाले खेलेको भूमिका र योगदानबारे चर्चा परिचर्चा गर्र्दै ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ ।
बेलकोटगढी १० का काङ्रेस प्रति आस्थावान , सुभेच्छुक को उपस्थितिमा वडा सभापति प्रल्लाद थपलिया, जिल्ला प्रतिनिधि नवराज कोइराला , नगर प्रतिनिधि सुन्दर प्रसाद भट्ट लगायत लामो समयदेखी सकृय तथा चौधौ माहाधिबेसन मा निर्बाचित प्रतिनिधि समेत सहभागी भएका थिए । जहाँ जसरी कार्यक्रम गरियोस्, बिपी को फोटो पुजियोस तर सही मानेमा उहाँ प्रतिको सम्मान र मेलमिलाप दिबस को अर्थ तब सार्थक हुन्छ जब काङ्रेस राष्ट्रियता को सवाल मा एकजुट हुन्छ , जनताप्रति को उत्तरदायित्व को विषय मा एकमत हुन्छ ।