२०७९ श्रावण २९ , आइतवार

माओवादी महाधिवेशनः नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु

सुनाखरी न्युज/ काठमाडौ ।
नेकपा (माओवादी केन्द्र) को नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्रबाट विधान मस्यौदा पारित भएसँगै शनिबार माओवादी केन्द्रको निर्वाचन प्रक्रिया सुरु भएको हो ।

माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । उक्त निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ । निर्वाचन समितिले महाधिवेशनस्थल प्रज्ञा भवनमा १ हजार ७४२ जनाको नामावली टाँसेको छ ।

यद्यपि माओवादी शीर्ष नेताहरु केन्द्रीय कमिटी सदस्यमा सहमति जुटाउन छलफलमा छन् । दुई घण्टा समय लिएर सहमति जुटाउने प्रयास गरिएको छ । सहमति नभएमा मतदानमा जाने अध्यक्ष पुष्पकमल दाहालले बन्दसत्रमा बताइसकेका छन् ।