२०७९ श्रावण ३० , सोमवार

अमेरिका र रुसबीचको वार्ताको राष्ट्रसंघद्धारा स्वागत

सुनाखरी न्युज/ काठमाडौं ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच सुरक्षा र रणनीतिक मुद्दाहरूमा भएको वार्ताको संयुक्त राष्ट्रसंघले  स्वागत गरेको छ । दुई राष्ट्रपतिले युक्रेनमा बढ्दो तनाव र यस मुद्दामा आगामी वार्ताबारे छलफल गर्न बिहीबार  टेलिफोन वार्ता गरेपछि संयुक्त राष्ट्रसंघका प्रवक्ता फ्लोरेन्सिया सोटो निनोले स्पुतनिकलाई भनेकी छन्, ‘हामी सधैं सदस्य राष्ट्रहरू बीचको संवादलाई स्वागत गर्दछौं,’ सोटो निनोले फोन कलको बारेमा सोध्दा उक्त टिप्पणी गरेका हुन्।

युक्रेनी सीमामा कथित रुसी सेना परिचालन र आक्रमणको तयारीको दाबीका बीच विगत केही सातादेखि रुस र युक्रेनबीच तनाव बढेको छ । मस्कोले भने बारम्बार सो आरोप अस्वीकार गर्दै आएको छ ।

रुसले आफ्नो विवेकमा आफ्नो क्षेत्रभित्र सेनालाई स्थानान्तरण गर्ने अधिकार भएको दाबी गरेको छ र रुसी सिमानानजिक नाटोको सैन्य गतिविधिले यसको सुरक्षालाई खतरामा पारेको आरोप पनि लगाएको छ।