२०७९ श्रावण २३ , सोमवार

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा देशभर थप २३५ जनामा कोरोना संक्रमित, ४ जनाको मृत्‍यु,२१२ जना संक्रमणमुक्त

सुनाखरी न्युज/ काठमाडौं – पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र १ हजार १९९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको छ भने २१२ जना संक्रमणमुक्त भएका छन्।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २४ हजार ६३३ पुगेको छ। मन्त्रालयलका अनुसार नेपालमा भाइरसबाट मृत्‍यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ यस्तै ८ लाख ११ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् ।