२०७९ श्रावण २४ , मंगलबार

राति स्वेटर लगाएर सुत्नु हुन्छ ? यी तीन रोग लाग्न सक्छ

सुनाखरी न्युज/ काठमाडौं – जाडो दिन–दिनै बढ्दै गएको छ । जाडोयाममा टाउकोदेखि खुट्टासम्म पूर्ण रुपले ढाकिएर बस्नुको मज्जा नै भिन्दै हुन्छ । तर, त्यस्ता धेरै मानिस हुन्छन् जसलाई अति नै जाडो लाग्छ ।

 

 

उनीहरु राति सुत्दा पनि स्वेटर र मोजा लगाएर सुत्छन् । तर राति ऊनीका लुगा लगाएर नसुत्न सल्लाह दिइन्छ । राति ऊनीका लुगा लगाएर सुत्दा तातो त हुन्छ, तर त्यसले स्वास्थ्यमा धेरै नराम्रो असर पुग्छ । राति स्वेटर लगाएर सुत्दा छटपट हुने र ब्लड प्रेशर लो हुने सम्भावना बढ्छ । शरीरको तातो बढेर पसीना धेरै आउँदा चिसो लाग्ने खतरा पनि हुन्छ । ऊनी लुगा लगाएर सुत्दा एलर्जी र चिलाउने समस्या पनि हुन सक्छ । यदि तपाईंको छाला नरम छ भने तपाईंलाई चिलाउने समस्या हुँदैन । तर सुख्खा छाला छ भने चिलाउने समस्या हुन्छ । सुख्खा छाला भएकाहरुले राति सुत्दा स्वेटर लगाउनु हुँदैन ।

 

राति स्वेटर लगाएर सुत्नु खतरापूर्ण हुन्छ किनभने उनी लुगामा स–साना प्वाल हुन्छ, जसले एक प्रकारको इन्सुलेटरको काम गर्छ । यो मुटु रोगीका लागि खतरापूर्ण हुन्छ । त्यसैले राति स्वेटर लगाएर सुत्नु हुँदैन । विशेषज्ञका अनुसार कहिले पनि राति मोजा लगाएर सुत्नु हुँदैन । तर यदि लगाउनु नै पऱ्यो भने पनि ऊनीको भन्दा सुतिको मोजा लगाउनु पर्छ । वास्तवमा ऊनीको मोजा खुट्टाको पसीना सोस्नका लागि सक्षम हुँदैन, जसले ब्याक्टेरियाको खतरा बढ्छ ।

यद्यपि, राति स्वेटर र मोजा लगाएर सुत्नु हुन्न भन्ने सल्लाह दिइन्छ ।

किनभने यसो गर्नाले शरीरलाई चिसो सहने क्षमता कम हुन्छ ।

यसका साथै समय बित्दै जाँदा यो क्षमता झन् कम हुन्छ र चिसो सहने क्षमता झन् कम हुँदै जान्छ ।