२०७९ श्रावण २७ , शुक्रवार

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते

सुनाखरी न्युज/ कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–५ मा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । चारजना घाइते छन् ।

 

गए राति करिब साढे १० बजे रामनगरबाट बेलौरीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००९ प ३७२६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको से३प२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

 

दुर्घटनामा गम्भीर घाइते भएका ३७२६ नम्बरको मोटरसाइकलका चालक कृष्णपुर नगरपालिका–२ का १९ वर्षीय विमल रानाको उपचारका क्रममा इसान मेमोरियल अस्पताल बेलौरीमा मृत्यु भएको हो । सामान्य घाइते भएका चारजनाको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।