२०७९ श्रावण २८ , शनिवार

सुन प्रतितोला ६०० सयले बढ्यो

सुनाखरी न्युज/ काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ६०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।

 

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार ७०० रुपैयाँ, तेजावी सुनको भाउ ९२ हजार २०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २६० रुपैयाँ कायम गरिएको छ ।

 

बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ, तेजावी सुन ९१ हजार ६०० रुपैयाँ र चाँदी तोलाको १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।