२०७९ श्रावण २५ , बुधवार

भिजिबिलिटी घट्दा आन्तरिक तथा बाह्य उडान प्रभावित

सुनाखरी न्युज/ काठमाडौं – बाक्लो हुस्सुका कारण भिजिबिलिटी घट्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट हुने आन्तरिक तथा बाह्य उडानहरु प्रभावित भएको छ ।  भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन् ।

 

सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन सकेका छैनन् । त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी घट्दा आन्तरिक तथा बाह्य उडान हुन नसकेको हो । त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी घट्दा आन्तरिक तथा बाह्य उडान हुन नसकेकाे हाे ।

 

माैसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैबाट देशभर बाक्लाे हुस्सु र कुहिराे लागेकाे छ । पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रकाे प्रभावका कारण पनि हुस्सु लागेकाे हाे ।