२०७९ श्रावण २५ , बुधवार

विश्वभर एकैदिन १८ लाख बढी कोरोना संक्रमित थपिए

सुनाखरी न्युज/ काठमाडौं – विश्वभर पछिल्लो २४ घण्टामा १८ लाख २९ हजार कोरोना संक्रमित थपिएका छन्। अमेरिकामा मात्रै ५ लाख ४५ हजार जनामा संक्रमण पुष्टि भएको छ।

 

फ्रान्समा २ लाख ६ हजार, वेलायतमा १ लाख ८९ हजार, स्पेनमा १ लाख ६१ हजार, इटलीमा १ लाख २६ हजार संक्रमित थपिएका छन्।त्यसैगरी अर्जेन्टिनामा ५० हजार ५००, जर्मनीमा ४१ हजार ८०० र टर्कीमा ३९ हजार ६०० जनामा संक्रमण पुष्टि भएको हो। ओर्ल्डोमिटरका अनुसार यही अवधिमा ५ लाख २० हजार जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ३९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

 

जसमध्ये अमेरिकामा १२ सय ९०, रसियामा ९२६, पोल्याण्डमा ७०९, जर्मनीमा ३७९, वेलायतमा ३३२, फ्रान्समा १८०, इटालीमा १५६ र ब्राजिलमा १५४ जनाको मृत्यु भएको हो।