२०७९ श्रावण २२ , आइतवार

देशभर हुस्सु–कुहिरो, हिमपातको सम्भावना

weather

सुनाखरी न्युज/ काठमाडौं – शुक्रबार बिहान देशभर आंशिक बदली रहेको छ। धेरै स्थानमा हुस्सु–कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरेको हो।

 

गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यस्तै, शनिबार दिउँसो देशभर आंशिक बदली रहनेछ। गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

 

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशभर आंशिक बदली रहेको छ।धेरै स्थानहरूमा हुस्सु-कुहिरो लागेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पौष १६ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ पौष १७ गते (शनिबार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ।  गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 राती : देशभर आंशिक बदलीको संभावना रहेको छ।

२०७८ पौष  गते (आईतबार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ

 राती : देशभर आंशिक बदलीको संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको कारण चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।