२०७९ भदौ १ , बुधवार

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा देशभर २४१ कोरोना संक्रमित थपिए, मृतकको संख्या शुन्य

सुनाखरी न्युज/ काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ८१४ पीसीआर परीक्षणका क्रममा २३५ जना र २ हजार ८३ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २४ हजार ३९८ पुगेको छ । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ९० जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै २२८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ११ हजार ७ सय ४६ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ८७१ सक्रिय संक्रमित आइसोलेसन र १०३ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।