२०७९ श्रावण २९ , आइतवार

उदयपुरका बालबालिकालाई विद्यालयमै भाइरसविरुद्धको मोडर्ना खोप दिन सुरू

सुनाखरी न्युज/ उदयपुर – जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयका १२ वर्ष देखि १७ वर्ष उमेर समूहकालाई लक्षित गर्दै कोराना भाइरसविरुद्धको मोडर्ना खोप विद्यालयमै पुगेर खोप दिन थालेको छ ।

 

अमेरिकन कम्पनीले उत्पादन गरेको मोडर्ना खोप त्रियुगा नगरपालिकासहित सबै स्थानीय तहका संस्थागत तथा सामुदायिक विद्यालयमार्फत लगाउन सुरु भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर चिरन्जिवी निरौलाले बताए । उनका अनुसार उदयपुरमा ४३ हजार ६ सय डोज मोडर्ना खोप आएको छ ।