२०७९ श्रावण २९ , आइतवार

८६ वर्षीया वृद्धाले पाइन् नागरिकता

सुनाखरी न्युज/ मुगु – मुगुमा एक वृद्धा आमाले ८६ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण–पत्र पाएकी छन् । मुगु जिल्लाको पूर्वी भेगमा रहेको मुगुमकामारोङ्ग गाँउपालिका–३ की काशिग्याल लामाले ८६ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण–पत्र पाएकी हुन् ।

.
गत सोमबार जिल्ला प्रशासन कार्यालय मुगुमा आएकी लामालाई जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतको हातबाट नागरिता दिइएको हो । साथै उनलाई चिसोबाट बच्न र न्यानो बनाउनको लागि एक पिस कम्बलसमेत हस्तान्तरण गरिएको छ ।

 

उनी ८६ वर्षको उमेरमा नेपाली नागरिक बनेकी हुन् । सहज रुपमा नेपाली नागरिकता हातमै पाएको र अब नेपाल सरकारबाट प्रदान हुने सबै सेवा सुविधाहरु पनि सहज रुपमा नै पाउने उनको विश्वास छ ।