२०७९ श्रावण २९ , आइतवार

एसियन सेन्ट्रल जोन बिजेता महिला भलिबल टोलीको विमानस्थलमा भव्य स्वागत

सुनाखरी न्युज/ काठमाडौं – बंगलादेशमा एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कपको उपाधि चुमेको नेपाली टिम बिहीबार स्वदेश फर्किएको छ ।

उनीहरुलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, समर्थक र परिवारजनले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । अरुणा शाहीको कप्तानीमा रहेको नेपाली टिमले बंगलादेशको मीरपुरमा साहिद सुरवार्दी नेसनल इन्डोर स्टेडियममा मंगलबार सम्पन्न फाइनलमा उज्वेकिस्तानको कठिन चुनौती ३–२ ले पन्छाउँदै उपाधि रक्षा गरेको थियो।

 

साथै, बाजागाजा र सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो । खेलाडीहरुले नेपाललाई विजेता बनाउन सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।