२०७९ भदौ १ , बुधवार

चीनमा ३८ दिनको शिशुलाई कोभिड संक्रमण

सुनाखरी न्युज/ काठमाडौं – चीनमा ३८ दिनको एक शिशुलाई पनि कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

 

पछिल्लो समय कोभिडको मुख्य केन्द्रबिन्दु बनेको देशको उत्तरपश्चिम क्षेत्रस्थित सियान सहरका शिशुलाई संक्रमण भएको हो । पछिल्लो २४ घन्टामा सियानमा एकैदिन १७५ जनामा कोभिड देखिएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार सियान सहरमा संक्रमित हुनेहरुमध्ये ३८ दिनका शिशु सबैभन्दा कम उमेरका हुन् ।

 

त्यस्तै, ८५ वर्षीय एक वृद्धा पनि संक्रमित भएका छन् । सियानमा लगातार तेस्रो दिन एक सय भन्दाबढी संक्रमित भेटिएका छन् । संक्रमण बढेसँगै सियान सहरमा यात्रा प्रतिबन्ध लगाइएको छ भने कोभिड परीक्षण तीव्र पारिएको छ ।    एजेन्सी