२०७९ श्रावण २३ , सोमवार

पोखराको न्युरोडबाट चर्चित र्‍यापर लाउरे पक्राउ

सुनाखरी न्युज/ काठमाडौं – र्‍यापर लाउरे पक्राउ परेका छन् । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

 

लाउरे भनेर चिनिने आशिष राना मगर उनी चर्चित र्‍यापर हुन् । पोखरा घर भएका उनलाई लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन् । उनीसँगै लागु औषध कारोबार गर्ने समूह पनि पक्राउ परेको छ ।