सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा बिहीबार सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुन तोलामा ४०० र चाँदी १५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बिहीबारका लागि छापवाला सुनको भाउ तोलामा तोलामा ९२ हजार १०० रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार ६०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २४५ रुपैयाँ कायम गरिएको छ ।
बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ, तेजावी सुन ९२ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।