२०७९ श्रावण २७ , शुक्रवार

राष्ट्र बैंकले २८ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्ने

सुनाखरी न्युज/ काठमाडौं – नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २८ करोड रुपैयाँ वाणिज्य बैंक,विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा ३६५ दिन अवधिको लागि लगानी गर्ने भएको छ।

 

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २२ करोड ४६ रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ४ करोड २० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड ४० लाख रुपैयाँ गरी कूल २८ करोड ६ लाख रुपैयाँ लगानी गर्न लागेको हो। बैंकले उक्त रकम २०७८ माघ २ गतेदेखि २०७९ माघ १ गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको हो।

 

राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी पुस १८ गतेसम्ममा बोलकबोल पेश गनुपर्नेछ। यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।