२०७९ श्रावण २५ , बुधवार

भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको निधन

सुनाखरी न्युज/ बाँके – नेपालगन्ज स्थित भेरी अस्पतालमा एकै परिवारको ४ जनाको रहस्यमय मृत्यु भएको छ । नेपालगञ्जको भेरी अञ्चल अस्पतालको क्वाटरमा सुतेका ७ जना मध्य ४ जना बिहिबार बिहान मृत्यु अवस्थामा भेटिएका छन भने ३ जना बेहोसी अवस्थामा भेटिएका छन ।

 

भेरी अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ बर्षीय धनप्रसाद भट्टराई, उनको ३ महिनाको छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ बर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ बर्षीया कोली भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 

धर्म प्रशादका नातेदार नरेन्द्र प्रशाद भटटराई सहित ३ जनाको भेरी अस्पतालको आपतकालीन उपचार सेवा उपचार भईरहेको छ । जाडोबाट जोगिनका लागि कोइला बालेर सुतेकाहरूको निस्सासिएर बुधबार राति मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।