२०७९ श्रावण ३० , सोमवार

नेपाली काँग्रेस (वी पी) र नेपाल प्रजातान्त्रिक महासंघ बिच पार्टी एकता

सुनाखरी न्युज/ काठमाडौं – १४ पौष काठमाडौ | नेपाली काँग्रेस (वी.पी.) र नेपाली काँग्रेस पार्टीसँग नजिक रहेका व्यक्तित्वहरु मिलेर स्थापना गरेको नेपाल प्रजातान्त्रिक महासंघका अध्यक्ष गोविन्द प्रसाद शर्मा, उपाध्यक्ष भरतराज शर्मा, महासचिव भक्तराज भुषाल, केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष गोविन्दराम परियार लगायतका समुह बीच आज नेपाली काँग्रेस (वी.पी.) पार्टीको कार्यालयमा आयोजित एक कार्याक्रम नेपाली काँग्रेस (वी.पी.) का सभापति सुशिलमान शेरचन र नेपाल प्रजातान्त्रिक महासंघका अध्यक्ष गोविन्द प्रसाद शर्मा समुहका तर्फबाट गोविन्द प्रसाद शर्माद्वारा गरिएको ८ बुदे संझौता पत्रमा हस्ताक्षर गरि एकताको घोषणा गरिएको छ |

 

सम्झौता पत्रमा भनिएको छ :- “नेपाली काँग्रेस पार्टीसँग नजिक रहेका व्यक्तित्वहरु मिलेर स्थापना गरेको नेपाल प्रजातान्त्रिक महासंघ अध्यक्ष गोविन्द प्रसाद शर्मा, उपाध्यक्ष भरतराज शर्मा, महासचिव भक्तराज भुषाल, केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष गोविन्दराम परियार लगायत महासंघका केन्द्रिय समिति, प्रदेश समिति, जिल्ला समिति, विषयगत नौ वटै संघमा आवद्ध साथीहरु महिला समिति, युवा समिति, नेपाली काँग्रेस पार्टीका विभागिय सदस्यहरु आदिमा आवद्व रहेका मध्येबाट नेपाली काँग्रेस (वी.पी.) ले लिएको वी.पी. कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आत्मसाथ गरी धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र नेपालको अभियान प्रति प्रतिवद्वता पार्टीमा समाहित हुने स्वच्छिक रुपमा ने.का. (वी.पी.) र नेपाल प्रजातान्त्रिक महासंघ अध्यक्ष गोविन्द प्रसाद शर्मा समुह विच पार्टी एकता, पार्टीमा सदस्यता लिए पछी क्रमश : प्रवेश गर्न आउनेहरुलाई केन्द्र, प्रदेश, जिल्ला आदिमा जिम्मेवारी प्रदान गर्ने, महासंघ सँगै अध्यक्ष गोविन्द प्रसाद शर्मा समुहमा अन्य संघ, संस्था, धार्मिक, तथा वैचारिक संस्थाहरुका साथीहरु समेत सहभागि हुने हुदाँ उहाँहरुलाई पार्टी सदस्यता दिएर जिम्मेवारी प्रदान गर्ने, नेपाल प्रजातान्त्रिक महासंघ अध्यक्ष गोविन्द प्रसाद शर्मा समुहबाट ने.का. (वी.पी.) मा आउने साथीहरुलाई ने.का. (वी.पी.) सरहकै संख्यामा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधीहरु हुने, भातृ तथा सुभेच्छुक संस्थाहरु क्रमिकरुपमा समायोजन गरि विस्तार गरि जिम्मेवारी प्रदान गर्ने, संसदीय समितिका निर्णयहरु आपसी सहमतिमा गर्ने, महासंघ तर्फबाट आउने साथीहरुलाई आपसी सहमतिमा केन्द्र, प्रदेश र जिल्लामा जीम्मेवारी प्रदान गर्ने र पार्टी भित्रको वरियता क्रम सभापति सुशिलमान शेरचन र समुहका नेता गोविन्द प्रसाद शर्मा बिचको सहमतिमा गरिने उल्लेख भएको छ |

 

एकता पछी आज नै पार्टीबाट जिम्मेवारी पनि प्रदान गरिएको छ महासंघका अध्यक्ष गोविन्द प्रसाद शर्मालाई वरिष्ठ उप-सभापति, महासंघका उपाध्यक्ष तथा नेपाली काँग्रेसको राज्य प्रशासन विभागका केन्द्रिय सदस्य भरतराज शर्मालाई उप-सभापति, महासंघका महासचिव भक्तराज भुषाललाई महामन्त्री र महासंघका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष गोविन्दराम परियारलाई सुदूरपश्चिम प्रदेश संयोजक सहित उप-सभापतिको जिम्मेवारी पनि प्रदान गरेको कार्यालय सचिव सुशिलराज वाग्लेले जानकारी दिए |

 

नेपाली काँग्रेस (वी.पी.) तथा नेपाल प्रजातान्त्रिक महासंघ अध्यक्ष गोविन्द प्रसाद शर्मा समुह विच भएको सहमति पत्र |

 

१. नेपाली काँग्रेस पार्टीसँग नजिक रहेका व्यक्तित्वहरु मिलेर स्थापना गरेको नेपाल प्रजातान्त्रिक महासंघ अध्यक्ष गोविन्द प्रसाद शर्मा, उपाध्यक्ष भरतराज शर्मा, महासचिव भक्तराज भुषाल, केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष गोविन्दराम परियार लगायत महासंघका केन्द्रिय समिति, प्रदेश समिति, जिल्ला समिति, विषयगत नौ वटै संघमा आवद्ध साथीहरु महिला समिति, युवा समिति, नेपाली काँग्रेस पार्टीका विभागिय सदस्यहरु आदिमा आवद्व रहेका मध्येबाट नेपाली काँग्रेस (वी.पी.) ले लिएको वी.पी. कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आत्मसाथ गरी धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र नेपालको अभियान प्रति प्रतिवद्वता पार्टीमा समाहित हुने स्वच्छिक रुपमा ने.का. (वी.पी.) र नेपाल प्रजातान्त्रिक महासंघ अध्यक्ष गोविन्द प्रसाद शर्मा समुह विच पार्टी एकता गर्न सहमत भयौ|

२. पार्टीमा सदस्यता लिए पछी क्रमश : प्रवेश गर्न आउनेहरुलाई केन्द्र, प्रदेश, जिल्ला आदिमा जिम्मेवारी प्रदान गरिने छ |

३. महासंघ सँगै अध्यक्ष गोविन्द प्रसाद शर्मा समुहमा अन्य संघ, संस्था, धार्मिक, तथा वैचारिक संस्थाहरुका साथीहरु समेत सहभागि हुने हुदाँ उहाँहरुलाई पार्टी सदस्यता दिएर जिम्मेवारीप्रदान गरिनेछ |

४. पार्टीको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधीहरुमा अहिले ने.का. (वी.पी.) पार्टीमा रहेका संख्या सरहकै नेपाल प्रजातान्त्रिक महासंघ अध्यक्ष गोविन्द प्रसाद शर्मा समुहका साथीहरुलाई मनोनयन गरिनेछ |

५. भातृ तथा सुभेच्छुक संस्थाहरु क्रमिकरुपमा समायोजन गरि विस्तार गरि जिम्मेवारी प्रदान गरिनेछ |

६. संसदीय समितिका निर्णयहरु आपसी सहमतिमा गरिनेछ |

७. महासंघ तर्फबाट आउने साथीहरुलाई आपसी सहमतिमा केन्द्र, प्रदेश र जिल्लामा जीम्मेवारी प्रदान गरिनेछ |

८. पार्टी भित्रको वरियता क्रम सभापति सुशिलमान शेरचन र समुहका नेता गोविन्द प्रसाद शर्मा बिचको सहमतिमा गरिनेछ |