२०७९ श्रावण २९ , आइतवार

राजनीतिको मुलधार नै भ्रष्ट, यसलाई नियन्त्रण गर्ने शक्ति नै राप्रपा :डा. लोहनी

सुनाखरी न्युज/ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरका संस्थापक अध्यक्ष स्व. सुरेन्द्र प्रताप शाहाको सातौ स्मृतिसभा भक्तपुर सम्पन्न भएको छ ।

 

राप्रपा अध्यक्ष मा. राजेन्द्रप्रसाद लिङ्गदेनको प्रमुख आतिथ्यमा सम्पन्न सभामा राप्रपा निवर्तमान अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले स्व.शाहा प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शाहाले राप्रपामा पुराउनु भएको योगदानको प्रसंसा गर्नु भएको छ ।

 

अर्को प्रसंगमा निवर्तमान अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले आजको नेपालमा राजनितीको मुलधार नै भ्रष्टाचार भएको र यसलाई नियन्त्रण गर्ने शक्ति राप्रपा वाहेक कुनै नरहेको  वताउनु भएको छ ।