२०७९ श्रावण २७ , शुक्रवार

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा नेपालमा २२० कोभिड संक्रमित थपिए , २५३ जना निको, २ को मृत्यु

सुनाखरी न्युज/ काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २२० जना कोभिड संक्रमित थपिएका छन् ।

 

संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५९० पुगेको छ । त्यस्तै आज २५३ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ४ हजार ८६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।