सुनाखरी न्युज/ बुटवल – वर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले दुई दिनका लागि शैक्षिक संस्थाहरु बन्द गर्न आह्वान गरेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले चिसो बढ्दै गएको र तापक्रम घट्दै गैरहेको कारण विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालय बन्द गर्न आग्रह गरिएको उपमहानगरले जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले पुस १५ र १६ गते दुई दिनका लागि बिदा दिन आह्वान गरिएको बताए ।